Sunday, May 26, 2013

म भन्दिन तिमि सुखी छौ होला

म भन्दिन तिमि सुखी छौ होला


भन्दिन तिमि सुखी छौ होला,
खुसि छौ होला? चाहना बिना नै संकेत
टुट्दा कसलाई पो खुसि लाग्ला र? म पनि त
खुसि छैन र मलाइ गुनासो पनि छैन तिमीसंग |
सोचेको थिएँ, मलाइ माया गर्छौ तिमीले,
आफ्नो ठान्छौ हरेक पल र म संग
बिताउनेछौ तिम्रो पुरै जिन्दगी | भ्रममा रहेछु तर
आज मेरो भ्रम टुटेको छ, बास्तबिकता मेरो आफ्नै
अगाडी छ, र त म फेरी रुँदै छु एकपटक | हुनत म भ्रम
पालेर त्यसैमा रमाउन बानि परेको मान्छे, मात्र
एउटा भ्रम तोड्यौ ? अरु हजार भ्रम पालेर जिउने
प्रयास गर्नेछु | जिन्दगीमा दुर्घटनाहरु हुन्छन धेरै
धेरै, तर सबै अन्जानमै | कसैले
दुर्घटना जानीजानी किन
पो निम्त्याउँथ्यो होला र? निश्चित हार बोकेर
युद्द मैदानमा को पो निस्कन्थ्यो होला र?
सम्भवतः हाम्रो सम्बन्ध
पनि एउटा दुर्घटना थियो, नमिठो दुर्घटना |
तिमीलाई याद छ मान्छे शुन्य लेभलको किन
नहोस् तर झुटो कहिले नबोलोस् भनेर भनेको ?

No comments:

Post a Comment