Monday, October 13, 2014

तिम्रा हरेक सपनाहरु पुरा भएको हेर्न चाहन्छु म.....

तिम्रा हरेक सपनाहरु पुरा भएको हेर्न
चाहन्छु म.....
संसारका सबै खुशीको हकदार भएको हेर्न
चाहन्छु म
यो मन जलेथ्यो जल्छ र हमेसा जलिरहन्छ
यादमा
लायक मनको कुनामा तिमी बसेको हेर्न
चाहन्छु म
माया गर्नु पाप भए तिमीलाई
माया गरी पापी बने.....
तिमीले गरेको धर्मले कसैलाई चाहेको हेर्न
चाहन्छु म
काँतर कायरहरु मात्र रुन्छन
यो दुनियाँमा शायद.....
तिमीले दिएको उपनाम प्रयोग
भएको हेर्न चाहन्छु म

No comments:

Post a Comment